बर्थडेमा करिश्माको बिकिनी पोज : कोसँग कति खेलिन् करिश्माले ? « Nagarik Khabar

बर्थडेमा करिश्माको बिकिनी पोज : कोसँग कति खेलिन् करिश्माले ?



एजेन्सी । बलिउड सुन्दरी करिश्मा कपूले आफ्नो जन्मदिन मनाएकी छन् । करिश्माले बहिनी करिना, आमा बबीता र परिवारका अन्य सदस्यबीच जन्मदिन मनाएकी हुन् ।

करिश्माले आफ्नो जन्मदिनको स्वागत एक शानदार र सेक्सी बिकिनी तस्विरको साथ गरेकी छिन् ।

करिश्माले तस्विर शेयर गर्दै लेखेकी छिन्, ‘हरेक समयमा मानिसले आफूले आफैलाई प्रेम गरिरहन आवश्यक छ ।’ उनको तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

करिश्मा आफ्नो समयमा निकै हिट अभिनेत्री थिइन् । उनले कयौं सुपरस्टरसँग काम गरेकी छिन् । धेरै अभिनेतासँग उनले बलिउडमा काम गरेकी छिन् ।

सलमान खानले करिश्मासँग सबैभन्दा धेरै फिल्म खेलेका छन् ।

१६ बर्षमा डेब्यू

करिश्मा १६ बर्षको उमेरमा बलिउडमा डेब्यू गरेकी थिइन् । उनले पहिलो फिल्ममा नै स्विम सूट लगाएर तहल्का मच्चाएकी थिइन् ।

परम्परा तोडिन्

पहिले कपूर खानदानमा छोरी वा बुहारीको काम गर्न छुट थिएन । तर करिश्माले उक्त परम्परा तोडिन् । बलिउडमा प्रवेश गरिन् र सुपरस्टार बनिन् ।

अजयकी गर्लफ्रेन्ड

करियको सुरुवातमा करिश्मा र अजय देवगनको अफेयरको समाचारले बलिउड तताएको थियो ।

गोविन्दासँग ११ फिल्म

गोविन्दा र करिश्माको जोडी बलिउडमा निकै हिट जोडी मानिन्थ्यो । यस जोडीले लगभग ११ फिल्ममा सँगै काम गरेका छन् ।

अक्षयसँग १० फिल्म

अक्षय कुमारसँग करिश्माले १० वटा फिल्म खेलेकी छिन् ।

सलमानसँग ९ फिल्म

सलमान खानले सबैभन्दा धेरै फिल्म करिश्मासँग खेलेका छन् । जीत, जुडवा, बीवी नम्बर वनजस्ता हिट यो जोडीको अभिनय छ ।

फिल्म कम तर राम्रो साथी

शाहरुख खानसँग करिश्माले दिल तो पागल हे फिल्म खेलिन् । शाहरुखसँग धेरै फिल्ममा देखिइनन् करिश्मा । तर पनि करिश्मा शाहरुखकी राम्रो साथी हुन् ।

सुपरस्टार

करिश्मा आफ्नो समयकी सुपर स्टार थिइन् । माधुरी दिक्षितपछि करिश्मा यस्तो अभिनेत्री थिइन् जसले बलिउडमा राज गरेकी थिइन् । उनले जति हिट फिल्म अहिलेसम्म उनकी बहिनी करिनाले पनि दिन सकेकी छैनिन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: