विश्वकप क्रिकेट: आज पाकिस्तान र न्यूजिल्याण्ड भिड्ने « Nagarik Khabar

विश्वकप क्रिकेट: आज पाकिस्तान र न्यूजिल्याण्ड भिड्ने



काठमाडौं । विश्वकप क्रिकेटमा आज पाकिस्तानले न्यूजिल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार बर्मिङघममा दिउँसो ३:१५ मा शुरु हुनेछ । दुवै टोलीका लागि आजको खेल निकै महत्वपूर्ण छ ।

पाकिस्तानलाई सेमिफाइनलमा पुग्ने सम्भावना कायमै राख्न आजको खेल जित्नुपर्ने दबाब छ भने आजको खेल जितेर न्यूजिल्याण्ड सेमिफाइलनमा स्थान सुरक्षित गर्ने रणनीतिमा छ । न्यूजिल्याण्ड हारेपनि सेमिफाइनल पुग्ने सम्भावना कायमै रहन्छ भने पाकिस्तान पराजित भएमा सेमिफाइनल पुग्ने सम्भावना निकै कम हुनेछ ।

इग्ल्याण्ड र वेल्समा जारी विश्वकपमा अहिलेसम्मका ६ खेलबाट पाँच खेलमा जित र एक खेलमा वर्षाको कारण अंक बाँडेको न्यूजिल्याण्ड ११ अंकका साथमा अंक तालिकाको दोस्रो स्थानमा छ । तर पाकिस्तान भने ६ खेलबाट दुई खेलमा जित, तीन खेलमा हार र एक खेलमा वर्षाका कारण अंक बाँड्दै पाँच अंकका साथमा लिगको सातौं स्थानमा छ ।

गएरातीको खेलमा आयोजक इग्ल्याण्डलाई हराएर अष्ट्रेलियाले सेमिफाइनल यात्रा सुरक्षित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: