कालिकोटको नरहरिनाथ गाउँपालिकामा विप्लव नेकपाको आगजनी « Nagarik Khabar

कालिकोटको नरहरिनाथ गाउँपालिकामा विप्लव नेकपाको आगजनी



कालिकोट । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले गएराती कालिकोटको नरहरिनाथ गाउँपालिकाको कार्यालयमा आगजनी गरेका छन् । यो गाउँपालिका नेकपाका दोस्रो वरियताका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को गाउँपालिका हो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार गएराती आएको एक समूहले गाउँपालिका र दुईवटा वडा कार्यालयका कागजात जनाएका छन् । आगलागीको जानकारी आएपछि कुमालगाउँबाट खटिएको प्रहरी टोली र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीपछि सामाजिक सञ्जाल मार्फत स्थानीयले सार्वजनिक सम्पत्तीको नोक्सानी नगर्न विप्लव समूहलाई आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: