किन रोकियो कालिगण्डकीमा जलयात्रा ? « Nagarik Khabar

किन रोकियो कालिगण्डकीमा जलयात्रा ?



पर्वत । कालीगण्डकी नदीमा र्याफ्टिङ (जलयात्रा) रोकिएको छ ।

मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि र्याफ्टिङ रोकिएको हो ।

विशेषगरी चैत, वैशाख र जेठ महीनामा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष असार पहिलो सातापछि मनसुन शुरु भएपछि मात्र बन्द गरिएको हो ।

कालीगण्डकी नदीमा अङ्ग्रेजी महीना सेप्टेम्बरको मध्यदेखि अक्टुबरसम्म र मार्चदेखि जुनसम्म जलयात्रा सहज रूपमा सञ्चालन गर्न सकिन्छ । अघिल्लो वर्ष जुन ५ सम्म र्याफ्टिङ गसञ्चालन भएको थियो ।

पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित नयाँपुल तथा मालढुङ्गादेखि शुरु हुने जलयात्रा स्याङ्जा, पर्वत र गुल्मीको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुङ्गिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यको रूपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: