एजेन्सी । बलिउड स्टार शाहरुख खानकी छोरी सुहाना खानको तस्विर उनले सार्वजनिक गर्ने वित्तिकै भाइरल हुन्छ ।
हालै सुहानाले आफ्ना कलेजका साथीहरुसँग पार्टी गरेको तस्विर सामाजिक सञ्जालमा शेयर गरेकी छन् । तस्विर सार्वजनिक भएपछि उनी ट्रोलको शिकार बन्न पुगेकी छन् ।
तस्विरमा सुहानासँग जो युवक देखिएको छ, उसले शर्ट लगाएको छैन । यसलाई लिएर विभिन्न प्रतिक्रिया आएका छन् । एक जनाले कमेन्टमा लेखेका छन्, ‘तिमी भारतीय भन्ने बिर्सियौ कि ?’ तस्विरलाई लिएर केहीले गाली गरेका छन् भने कतिपयले तारिफ गरेका छन् । सुहाना हाल अध्ययनको क्रममा लण्डनमा छिन् ।