स्थानीय तहलाई संघीय मामिला मन्त्रालयको निर्देशन- तीन दिनभित्र बजेट विवरण पठाउनु « Nagarik Khabar

स्थानीय तहलाई संघीय मामिला मन्त्रालयको निर्देशन- तीन दिनभित्र बजेट विवरण पठाउनु



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिनभित्र बजेटको विवरण पठाउन सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।

मन्त्रालयका स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत जनकराज शर्माले सबै स्थानीय तहले गाउँसभा÷नगरसभामा पेश गरेको बजेट मन्त्रालयमा तीन दिनभित्र पठाउन निर्देशन दिइएको जानकारी दिए । शर्माका अनुसार बजेटको आय–व्ययसहितको विवरण मन्त्रालयमा पठाउन निर्देशन दिइएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ उपदफा १ तथा अन्तर–सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा ३ ले गाउँपालिका र नगरपालिकाले प्रत्येक वर्ष असार महीनाको १० गतेभित्र आगामी आ.व.को राजश्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा/नगरसभामा प्रस्तुत गर्नुपर्ने व्यवस्थाअनुसार प्रायः सबै स्थानीय तहले मंगलबार बजेट प्रस्तुत गरेका थिए ।

मुलुकमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: