विनियोजन विधेयक राष्ट्रिय सभामा प्रस्तुत « Nagarik Khabar

विनियोजन विधेयक राष्ट्रिय सभामा प्रस्तुत



काठमाडौं । संघीय संसदको राष्ट्रिय सभामा विनियोजन विधेयक २०७६ प्रस्तुत भएको छ । राष्ट्रिय सभाको बुधबार बसेको दोस्रो बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले विधेयक प्रस्तुत गरेका हुन् ।

अर्थमन्त्री खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७६ माथि विचार गरियोस् भनि गरेको प्रस्तावमाथि बैठकमा सैद्धान्तिक छलफल गरी बहुमतले स्वीकृत गरिएको हो । विनियोजन विधेयकका विभिन्न शीर्षकहरुमाथिको छलफल र मन्त्रीहरुको जवाफका लागि असार १५ देखि २४ गते सम्मको समय निर्धारण गरिएको छ ।

यसअघि बुधबार नै बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहति प्राप्त विनियोजन विधेयक २०७६ सभा समक्ष टेबुल गरेका थिए ।

राष्ट्रिय सभाको अर्को बैठक असार १५ गते आईतबार बिहान ११ बजेका लागि बोलाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: