विज्ञापन विवादले रोकिएनन् आकांक्षी, लोक सेवामा आवेदन दिनेको संख्या झण्डै ४ लाख « Nagarik Khabar

विज्ञापन विवादले रोकिएनन् आकांक्षी, लोक सेवामा आवेदन दिनेको संख्या झण्डै ४ लाख



काठमाडौं । लोक सेवा अयोगले स्थानीय तहमा कर्मचारी माग गर्दै विज्ञापन खुलायो । लोक सेवाले खुलाएको उक्त विज्ञापन समावेशी नभएको भन्दै आलोचना भयो । त्यतिमात्र होइन संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रोक्न निर्देशन नै दियो ।

विवाद तथा संसदीय समितिको निर्देशन पछि उक्त विषय सर्वाेच्च अदालतमा पुगेको छ । सर्वाेच्चमा उक्त मुद्दा पुगे पनि लोक सेवामा आवेदन दिनेहरुको संख्या भने घटेको छैन ।

लोक सेवाका अनुसार विज्ञापन खुलेयता आवेदन दिनेहरुको संख्या तीन लाख ८४ हजार हाराहारीमा छ । आवेदन दिने म्याद अझै बाँकी छ । यसकारण आवेदहरुको संख्या अझ बढ्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: