काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विवादित बालुवाटार जग्गा प्रकरणमा ८६ जनालाई वयानका लागि बोलाएको छ ।
बालुवाटारस्थित ललिता निवासभित्र पर्ने जग्गा प्ररकणबारे वयानका लागि नाति महर्जनसहित ८६ जनालाई सात दिनभित्र आयोगमा हाजिर हुन अख्तियारले सार्वजनिक सूचना जारी गरेको हो ।
बुधबार जारी गरिएको सूचनामा तोकिएको समयभित्र वयानका लागि उपस्थित नभएमा कानुन बमोजिम हुने उल्लेख छ ।