सर्वोच्चमा लोकसेवा विज्ञापनको सुनुवाइ फेरि सर्‍यो « Nagarik Khabar

सर्वोच्चमा लोकसेवा विज्ञापनको सुनुवाइ फेरि सर्‍यो



काठमाडौं । लोकसेवा आयोगको विज्ञापनसम्बन्धी सर्वोच्चमा परेको रिट निवेदनको सुनुवाइ फेरि सरेको छ । रिटमाथि बुधबारको सुनुवाइ राज्य व्यवस्था समितिलाई सूचना नपुगेका कारण आइतबारसम्‍मका लागि सरेको हो ।

न्यायाधीशहरु हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले बुधबार अन्तरिम आदेशको छलफलका लागि संसदको राज्य व्यवस्था समितिलाई सूचना दिन आदेश दिएको छ ।

लोकसेवा आयोग केन्द्रीय कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाई अधिवक्ता विकासकुमार ठाकुरले बुधबार दायर गरेको रिट निवेदनमा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिकतर्फ पदको खुला तथा समावेशी विज्ञापन संविधानको भावनाविपरीत भएको उल्लेख छ।

आयोगले यही जेठ १५ गते देशभरका ५१५ स्थानीय तहका लागि भन्दै नौ हजार १६१ सिटका लागि विज्ञापन गरेको थियो । जुन विज्ञापन समावेशी सिद्धान्तविपरीत भएको रिट निवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: