उपत्यकालाई विश्व सम्पदा खतराको सूचीमा राख्न प्रस्ताव « Nagarik Khabar

उपत्यकालाई विश्व सम्पदा खतराको सूचीमा राख्न प्रस्ताव



काठमाडौं । काठमाडौं उपत्यकालाई विश्व सम्पदाको खतराको सूचीमा राख्न प्रस्ताव गरिएको छ । यूनेस्कोको ४३ औं सेसनका लागि तयार पारिएको एजेण्डामा काठमाडौं उपत्यकालाई खतराको सूचीमा राख्ने प्रस्ताव गरिएको हो ।

उपत्यकामा बौद्धनाथ, स्वयम्भूनाथ, पशुपतिनाथ मन्दिर, पाटन र भक्तपुर दरवार स्क्वायर र चाँगुनारायण मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत छन् । युनेस्कोले तीन वर्षअघि पनि काठमाडौं उपत्यकालाई खतराको सूचीमा राख्ने प्रस्ताव गरेको थियो । तर, स्वीकृत भएन ।

यूनेस्कोले सम्पदा संरक्षणमा उचित ध्यान दिन नसकेको भन्दै खतराको सूचीमा राख्ने चेतावनी दिँदै आएको थियो । यूनेस्कोको ४३ औं सेसन आगामी ३० जुनदेखि १० जुलाईसम्म अजरबैजानको बाकुमा चल्दैछ ।

काठमाडौं उपत्यकाबाहेक विश्व सम्पदा सूचीमा लुम्बिनी, सगरमाथा राष्ट्रिय निकुन्ज र चितवन राष्ट्रिय निकुन्ज सूचिकृत छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: