अस्पतालबाट ‘डिस्चार्ज’ भए लारा « Nagarik Khabar

अस्पतालबाट ‘डिस्चार्ज’ भए लारा



मुम्बई । छातीमा दुखाइ महसुस् भएपछि मुम्बईको एक अस्पतालमा भर्ना भएका वेस्ट इन्डियन महान क्रिकेटर ब्रायन लारा ‘डिस्चार्ज’ भएका छन् । अस्पतालमा गरिएको विभिन्न परिक्षणपछि उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

उनको स्वस्थ्यमा अहिले कुनै समस्या नरहेको वेस्ट इन्डिज क्रिकेट बोर्डले जनाएको छ । उनी मंगलबार बिहान अस्पताल भर्ना भएका थिए । जारी एकदिवसीय क्रिकेट विश्वकपको प्रत्यक्ष प्रशारणमा क्रिकेट बिज्ञको रुपमा रहेका उनी सोही उदेश्यका लागि मुम्बईमा थिए ।

मंगलबार बिहान नियमित शारीरिक अभ्यासका क्रममा उनी अस्वस्थ्य भएका थिए । उनले छातीमा बढि दुखाइ महसुस् भएको बताएका थिए । त्यस लगत्तै उनलाई अस्पताल पु¥याइएको थियो । लाराले जिममा आफूले केही बढी समय ‘वर्क आउट’ गरेका कारण दुखाइ महसुस भएको बताएका छन् । 

‘मंगलबार बिहान जिममा केही समय बढी वर्क आउट गरेको थिएँ । त्यसले नै हुन सक्छ दुखाइ महसुस भएको थियो । दुखाइ केही बढीनै भएकाले अस्पताल जानु परेको हो’, वेस्ट इन्डिज क्रिकेट बोर्डले आफ्नो वेबसाइटमा राखेको उनको भिडियो सन्देशमा भनेका छन्, ‘अस्पतालमा धेरै परिक्षण गरिएको छ । अहिले ठीक छु ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: