दक्षिण कोरियाको लोट्टेरिया र हिमालय एनकेबीच फ्रेन्चाइज सम्झौता « Nagarik Khabar

दक्षिण कोरियाको लोट्टेरिया र हिमालय एनकेबीच फ्रेन्चाइज सम्झौता



काठमाडौं । दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी लोट्टे ग्रुप अन्तर्गतको फास्टफुड फ्रेन्चाइज रेष्टुरेण्ट ‘लोट्टेरिया’ र हिमालय एनकेबीच फ्रेन्चाइज सम्झौता भएको छ ।

राजधानीको एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवको उपस्थितिमा दुवै कम्पनीका प्रमुखबीच व्यावसायिक सम्झौता भएको हो ।

सम्झौतामा दक्षिण कोरियाबाट लोट्टेका ग्लोबल सी.इ.ओ. नाम इक उ र हिमालय एन.के. का अध्यक्ष बिनोद कुँवरले हस्ताक्षर गरेका थिए ।
४० वर्षदेखि सञ्चालित लोट्टेरियाले हाल दक्षिण कोरियासहित भियतनाम, म्यान्मार, इन्डोनेसिया, कम्बोडिया, काजकिस्तान, मङ्गोलिया र लाओस लगायतका देशहरुमा एक हजार छ सयभन्दा बढी फ्रेन्चाइज रेष्टुरेन्ट सञ्चालन गरिरहेको छ ।

भिजिट नेपाल २०२० को प्रवद्र्धन तथा एसिया प्यासिफिक क्षेत्रबाट नेपाल भ्रमणमा आउने पर्यटकलाई विशेष आकर्षण गर्ने हिमालय एन.के. का अध्यक्ष कुँवरको भनाई छ ।

सम्झौतासँगै नेपालमा हिमालयनले दरबारमार्ग र बानेश्वरमा आउटलेट खोल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: