यस वर्षको धान दिवस बर्दियामा « Nagarik Khabar

यस वर्षको धान दिवस बर्दियामा



काठमाडौं । सरकारले यस वर्ष धान दिवस तथा रोपाई दिवसको मूल कार्यक्रम बर्दियामा गर्ने भएको छ ।

कृषि विभागअन्र्तगत गठित सोह्रौं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, मूल आयोजक समितिले बुधबार विभागमा पत्रकार सम्मेलन गरी यस वर्षको धान दिवस बर्दियामा गर्न लागिएको जानकारी गराएको हो । धान दिवसको मूल कार्यक्रम बर्दियाको राजापुर नगरपालिका, वडा नम्बर ८ धोविनीपुरमा गरिने भएको छ ।

यस वर्ष धान दिवसको नारा ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ तय गरिएको छ । पत्रकार सम्मेलनमा चालु आर्थिक वर्ष २०७५/७६ मा धानको उत्पादन अहिले सम्मकै उच्च भएको जानकारी पनि गराइयो । महाशाखाका निमित्त महानिर्देशक एवं सौह्रौं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, मूल आयोजक समितिका अध्यक्ष डा. रेवती रमण पौडेलले अघिल्लो बर्षको तुलनामा करिब ९ प्रतिशतले वृद्धि भई ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको जानकारी दिए ।

धान नेपालको मुख्य खाद्यान्न बाली हो । मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा धान खेती हुँदै आएको छ । नेपालमा मौसमको आधारमा चैते धान, बर्षे धान, भदैया धान, घैया धान र बोरो (हिउँदे) को रुपमा धान खेती गर्ने गरिन्छ । खेती गरिने कूल क्षेत्रफलको ४८ दशमलब ३ प्रतिशत जमिनमा धान खेती गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: