उपराष्ट्रपतिको कार्यालय आजबाट ‘ग्रीन हाउस’मा सर्‍यो « Nagarik Khabar

उपराष्ट्रपतिको कार्यालय आजबाट ‘ग्रीन हाउस’मा सर्‍यो



काठमाडौं । उपराष्ट्रपतिको कार्यालय उपराष्ट्रपतिको भवन, ग्रीन हाउस लैनचौरमा सरेको छ । उपराष्ट्रपतिको कार्यालय आज (बुधबार)बाट औपचारिक रुपमा बहादुर भवन, कान्तिपथबाट लैनचौरस्थित उपराष्ट्रपति भवनमा स्थानान्तरण भएको हो ।

उपराष्ट्रपतिको कार्यालयले बुधबार वक्तव्य प्रकाशित गरेर गरेर बुधबारबाट कार्यालय स्थानान्तरण भएको जानकारी गराएको छ । मन्त्रीपरिषद्ले लैनचौरस्थित समाज कल्याण परिषद्को कार्यालयलाई उपराष्ट्रपतिको निवास तथा उपराष्ट्रपतिको कार्यालय बनाउने निर्णय गरेपछि उक्त भवनको मर्मत संभार सुरु गरिएको थियो ।

उपराष्ट्रपतिको निवास उक्त भवनमा यसअघि नै स्थानान्तरण भई सके पनि मर्मत संभारको काम बाँकी रहेकाले उपराष्ट्रपतिको कार्यालय औपचारिक रुपमा बुधबार मात्रै स्थानान्तरण भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । हरियाली भएको र थप वातावरणमैत्री बनाउनका लागि भवनमा हरियो रङ नै लगाएर ‘ग्रीन हाउस’ नामाकरण गरिएको छ ।

उपराष्ट्रपतिको कार्यालय स्थापनाकालदेखि नै निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवन कान्तिपथको एक भागमा थियो । उपराष्ट्रपति निवास भने कपुरधारा मार्गमा थियो । अब उपराष्ट्रपतिको कार्यालय र निवास आफ्नै स्वामित्वमा एकै स्थानमा भएको छ ।

उपराष्ट्रपतिको कार्यालयको प्रेस नोट

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: