ओली–प्रचण्डको कार्यकर्तालाई निर्देशन : कम्तीमा दुईवटा विरुवा रोप्नु (परिपत्रसहित) « Nagarik Khabar

ओली–प्रचण्डको कार्यकर्तालाई निर्देशन : कम्तीमा दुईवटा विरुवा रोप्नु (परिपत्रसहित)



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना कार्यकर्ताहरुलाई न्यूनतम दुईवटा विरुवा रोप्न निर्देशन दिएका छन् । उनीहरुले आफूले रोपेका विरुवाहरुको भविष्यमा पनि आवश्यक हेरचाह गर्न समेत निर्देशन दिएका छन् ।

अध्यक्ष ओली र प्रचण्डले बुधबार पार्टीको जिल्ला कमिटिहरुको नाममा संयुक्त परिपत्र जारी गर्दै सरकारले असार १४ लाई राष्ट्रिय वृक्षारोपण दिवसको रुपमा मनाउने निर्णय गरेको र २०७६÷७७ लाई राष्ट्रिय वृक्षारोपण वर्षको रुपमा मनाउन लागेकोले सो अभियानलाई भियानलाई सफल पार्न निर्देशन दिएका हुन् ।

उनीहरुले आमकार्यकर्ता, पार्टी सदस्य एवम् समर्थक–शुभचिन्तक सबैलाई वृक्षारोपण कायक्रममा सहभागी हुन र आफ्ना नीजि घर जग्गा र सार्वजनिक स्थलमा न्यूनतम २ वटा विरुवा रोप्न अपील गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: