संसारमै चर्चामा रहेको भाइरल तस्बिर: जसले तपाईँलाई पनि भावुक बनाउँछ « Nagarik Khabar

संसारमै चर्चामा रहेको भाइरल तस्बिर: जसले तपाईँलाई पनि भावुक बनाउँछ



एजेन्सी । अमेरिका र मेक्सीकोको सीमा छुट्टाउने रियो ग्राण्डी नदी नजिकै माटामोरोस सहर छ । यो नदीले दक्षिण पश्चिम अमेरिका र मेक्सीकोको सीमा छुट्याउँछ । त्यही सहरकी जुलिया ले डक ला जर्नाडा पत्रिकामा काम गर्छिन । उनैले खिखेको एक तस्बिरले अहिले संसारभरका नागरिकको मुटु हल्लाइरहेको छ ।

तस्बिरमा नदीमा तैरिरहेका बाबुछोरी देख्न सकिन्छ । घोप्टो परेको शवको यो तस्बिर सामाजिक सञ्जालमा भाइरलनै बनेको छ । यो तस्बिरका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी नीतिमाथि अन्तर्राष्ट्रिय क्षेत्रबाट आलोचना भएको छ । पत्रकार जुलियाले यो तस्बिर बेलायती पत्रिका द गार्डियनका लागि खिचेको बताएकी छन् ।

घटनाका बारेमा उनले भनेकी छन् ‘आइतबार बिहान रियो ग्राण्डी नदी छेउमा एक महिला आत्तिएर गुहार मागिरहेकी थिइन् । हामी उनलाई पछ्याउँदै गयौं । उनले छोरीलाई नदीले बगाएको कुरा भनिरहेकी थिइन् । उनी एल साल्भाडोरकी भेनिसा आभालोस रहिछन् । उनीहरु अप्रिलमा अमेरिका जाने सपना बुँनेर त्यस तर्फ गएका थिए ।’

अमेरिका जानका लागि उनी, श्रीमान र छोरीसहित मेक्सीको र अमेरिकाको सीमा नजिक पुगेकी थिइन् । लामो प्रतिक्षापछि उनीहरु अमेरिका जाने सोचिरहेका थिए । तर नदी तर्नुको अर्को विकल्प नदेखेपछि उनका पतिले नदी तर्ने ठाउँ हेर्दै थिए । त्यसपछि उनका पति मार्टिनेजले दुई वर्ष पनि नपुगेकी छोरीलाई बोकेर नदीमा होमिए ।

भेल पार गरेर उनीहरु अमेरिका पुगे । छोरीलाई नदी किनारमा राखेर श्रीमानले श्रीमतिलाई पनि त्यसैगरी अमेरिका पुर्याउने प्रयास गरे । अमेरिका अर्थात नदीको अर्को किनार पुग्दै लाग्दा डरले छोरी फेरि नदीमा हाम फालिन् । छोरी बचाउनका लागि मार्टिनेज नदीकै बगेतिरै पौडिए । नदीको भेलमा उनीहरु वेपत्ता भए ।

सोमवार बिहान उद्दारकर्ताले दुई शव फेला पारे । बाबुछोरीको शव जहाँ बाबुको घाँटीमा अंगालो हालेको देख्न सकिन्छ । त्यही तस्वीर पत्रकार जुलियाले खिचेकी थिइन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले यो तस्बिरलाई तीन वर्षअघि ग्रिस जान लाग्दा समुद्रमा डुबेर मरेका सिरियाली बालकको तस्बिरसंग तुलनासमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: