निशम र ग्राण्डहोम्मीले सम्हाले न्युजिल्याण्डको पारी, पाकिस्तानलाई २३८ रनको लक्ष्य « Nagarik Khabar

निशम र ग्राण्डहोम्मीले सम्हाले न्युजिल्याण्डको पारी, पाकिस्तानलाई २३८ रनको लक्ष्य



लण्डन । जेम्स निशम र कोलिन डी ग्राण्डहोम्मीले मैदानमा डटेर ब्याटिङ प्रदर्शन गरेपछि न्युजिल्यान्डले पाकिस्तानसामु दुईसय ३८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बर्मिङहममा टस जिती पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर दुईसय ३७ रनको योगफल तय गरेको हो । सुरुवाती ब्याट्सम्यान सस्तो योगफलमै आउट भएपछि निशम र ग्राण्डहोम्मीले न्युजिल्यान्डको पारी सम्हालेका हुन् ।

निशम ९७ रनमा अविजित रहे । ग्राण्डहोम्मीले ६४ रन जोडे । निशमले आफ्नो पारीमा तीन छक्का र पाँच चौका तथा ग्राण्डहोम्मीले एक छक्का र ६ चौका प्रहार गरे ।

यी दुई खेलाडीले छैटौ विकेटका लागि एकसय ३२ रनको साझेदारी गरेका थिए । उनीहरूबाहेक अन्य खेलाडीले भने गतिलो प्रदर्शन गर्न सकेनन् । कप्तान केन विलियम्सन ४१ र कोलिन मुन्रो १२ रनमै आउट भए ।

पाकिस्तानका शहिन शा अफ्रिदीले न्युजिल्यान्डको तीन विकेट लिए । यस्तै मोहम्मद आमिर र शादब खानले एक/एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: