जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ « Nagarik Khabar

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ



काठमाडौं । प्रहरीले डोटीबाट जबरजस्ती करणीको आरोपमा एकजनालाई पक्राउ गरेको छ । २८ वर्षीया विवाहित महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सायल गाउँपालिका–३ बस्ने ३५ वर्षीय कृष्ण बिष्टलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उनले महिलालाई असार ८ गते राति आइतबार जबरजस्ती करणी गरेको भन्ने निवेदन प्राप्त भएपछि प्रहरी चौकी दौडबाट खटिएकको प्रहरीले उनलाई पक्राउ गरको जनाइएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: