एसईई नतिजा आज सार्वजनिक हुने « Nagarik Khabar

एसईई नतिजा आज सार्वजनिक हुने



काठमाडौं । २०७५ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षाको नतिजा बिहीबार (आज) सार्वजनिक हुने भएको छ । परीक्षाको नतिजा सार्वजनिक गर्न बिहीबार दिउँसो १ बजे बोर्ड बैठक डाकिएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बोर्डले निर्णय गरेपछि परीक्षाफल सार्वजनिक गरिने जानकारी दिनुभयो ।

बोर्डका अनुसार नतिजा हेर्न कम्तीमा अपराह्न ३ बजेसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ । गत चैत १० गतेबाट सुरु भएको एसईई परीक्षामा करिब चार लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।

कसरी हेर्ने ?

एसईई रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

-मोबाइलमा १६०० डायल गरेर ।

-नेपाल टेलिकमको वेबसाईट www.ntc.net.np मा नतिजा राखिने छ ।

-परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.soce.gov.np मा हेर्न सकिनेछ ।

-त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np मा हेर्न सकिनेछ ।

-राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरको www.neb.gov.np मा हेर्न सकिनेछ ।

-एनसेल प्रालिको www.ncell.axiata.com मा गएर परीक्षाको नतिजा हेर्न सकिनेछ ।

यसपटक परीक्षा बोर्डले सातवटै प्रदेशमा प्रदेशगत रुपमा नतिजा प्रकाशन गर्नेछ । नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: