नेकपा नेताहरुलाई उकुसमुकुस : यस्ता छन् अन्तरकलहका पाँच कारण « Nagarik Khabar

नेकपा नेताहरुलाई उकुसमुकुस : यस्ता छन् अन्तरकलहका पाँच कारण



काठमाडौं । शीर्ष नेतादेखि सांसदसम्मकै अन्तर्विरोधी अभिव्यक्तिहरुले संकेत गरिरहेका छन्– नेकपामा मनमुटाव चरम बन्दै गएको छ ।

एकातिर अपुरो पार्टी एकता र अर्कोतिर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली खेमाको एकपक्षीय कदमले नेकपाभित्रको अन्तरकलह यसरी चुलिएको छ कि सरकार र पार्टी दुवैतर्फ नेताहरु उकुसमुकुस छन् ।

संसदभित्रै एक पार्टीको दुई धार देखिएको छ । आन्तरिक बैठकमा शीर्ष नेताहरुबाटै चर्को असन्तुष्टि व्यक्त भएका छन् । कार्यविभाजनमा गुटको रस्साकसी सतहमै आएको छ ।

पार्टी, संसदीय दल र सरकारबीच संवादहीनतााको स्थिति छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँगको पछिल्ला छलफल अपेक्षित नभएपछि अर्को अध्यक्ष पुष्पकमल दाहालले चितवन पुगेर चेतावनी शैलीमा भने, ‘समझदारीबाट केही तलमाथि गरे दुर्भाग्य हुन्छ ।’

लगत्तैजसो प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार समेत रहेका नेकपाका केन्द्रीय सदस्य राजन भट्टराईको ट्वीट आयो, ‘इतिहास दोहोर्याउने कुचेष्टा ।’ यो कुचेष्टालाई अथ्र्याउने उनका थप दुई लाइन थिए, ‘सक्दा व्यवस्था उल्टाउने, नभए सरकारविरुद्ध प्रयोग गर्ने। ककसलाई के कसो गरी एकै ठाउँमा ल्याउन सकिन्छ भनी भित्र बाहिरका शक्तिहरु सक्रिय रहेको अवस्था ।’

आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । आखिर नेकपामा किन यस्तो मनमुटाव ? यसमा मुख्य पाँच कारण देखिएका छन् ।

-सहमतिमा शंका

-सरकारको काम

-संसदमा दुई धार

-संवादहीनता

-अधुरो एकता

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: