उपत्यकामै सर्पको डर : १०-१२ बिरामी दैनिक आउँछन् टेकु अस्पतालमा « Nagarik Khabar

उपत्यकामै सर्पको डर : १०-१२ बिरामी दैनिक आउँछन् टेकु अस्पतालमा



काठमाडौं । तपाईको घरनजिकै झाँडी छ ? तपाई पातलो खाले शरिर नढाक्ने कपडा लगाएर हिँडिरहनुभएको त छैन ? त्यो हो भने सावधान ! विषुलु सर्पले टोक्न सक्छ ।

काठमाडौं उपत्यकामा सामान्यतया सर्प देखिँदैन्थ्यो । तराईमा जस्तो यहाँ सर्प हुँदैन भन्ने आमधारणा पनि छ । यहाँका मानिस तराई जाँदा सर्पको बिगबिगी सुनेर डराउँछन् पनि ।

तर, हिजो आज काठमाडौंस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा दैनिक १० देखि १२ जना सर्पले टोकेका बिरामी उपचारको लागि आउने गरेको पाइएको छ ।

भक्तपुर, ललितपुरको ग्रामिण भाग, धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोकबाट सर्पदंशका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् ।

पहाडी जिल्लामा पनि बिषलु सर्पको बिगबिगी उत्तिकै छ । आजको राजधानी दैनिकको पृष्ठ २ मा यो समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: