काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष राजीब पराजुलीकी धर्मपत्नी बबिता पराजुलीको आज ५४ वर्षको उमेरमा दुस्खद निधन भएको छ ।
लामो समयदेखि प्राणघातक क्यान्सरसँग संघर्ष गर्दै आउनु भएकी उहाँको ओम अस्पतालमा निधन भएको हो ।
डेढ वर्षअघि क्यान्सरको संक्रमण देखिएपछि भारत र नेपालमा उपचार गर्दै आएकी पराजुलीको आज बिहान १०ः३० बजे निधन भएको हो ।
स्वर्गीय पराजुलीको आज नै अपरान्ह १ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।
पराजुलीको श्रीमान, दुई छोरा र एक छोरी छन् ।