ऊर्जामन्त्री पुनद्वारा माडीखोलाको पुल उद्घाटन « Nagarik Khabar

ऊर्जामन्त्री पुनद्वारा माडीखोलाको पुल उद्घाटन



रोल्पा । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले रोल्पाको माडीखोला निर्माण गरिएको पुल उद्घाटन गरेका छन् ।

निर्माण सम्झौता भएको उक्त बहुचर्चित पुल करिब एक दशकपछि उदघाटन भएको हो । माडीखोलामा पुल निर्माणसँगै रोल्पाको सदरमुकाम लिबाङसम्म आउनका लागि पश्चिम क्षेत्रका बासिन्दा सहज भएको छ । ऊर्जामन्त्री पुन अर्थमन्त्री भएको बेला पुल शिलान्यास गरिएको थियो ।

उद्घाटन समारोहमा मन्त्री पुनसंगै पूर्व सभामुख ओनसरी घर्तीमगर, प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, प्रदेश सांसद दीपेन्द्रकुमार पुनमगरलगायतको उपस्थिति थियो ।

दशक अघि निर्माणका लागि शिलान्यास गरिए पनि निर्माण कम्पनीको लापरबाही र डिजाइनमा आएको समस्या कारण आठ वर्ष पहिले उक्त पुल निर्माणका लागि तत्कालीन अर्थमन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार मन्त्री हृदयश त्रिपाठीले पुनः शिलान्यास गरेका थिए ।

डिजाइनको समस्या सुल्झाएर निर्माणका लागि पुनः शिलान्यस गरिए पनि निर्माण कम्पनीले कम्पनीले काम नगरेपछि डेढवर्ष अघि ठेक्का रद्द गरेर अर्को निर्माण कम्पनीलाई जिम्मा दिइएको थियो । नयाँ निर्माण कम्पनीले जिम्मा लिएको एकवर्ष भित्रै उक्त पुल निर्माण सम्पन्न गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: