उपचारका क्रममा बाजुरामा सुत्केरीको मृत्यु « Nagarik Khabar

उपचारका क्रममा बाजुरामा सुत्केरीको मृत्यु



बाजुरा । मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ ।

बडीमालिका नगरपालिका–७ जिल्लीका कृष्ण नेपालीकी २१ वर्षीया श्रीमती वसन्तीको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला अस्पतालको प्रसूति केन्द्रमा स्वास्थ्यकर्मीले उपचार गरिरहेका बेला उनको मृत्यु भएको आफन्त प्रेम नेपालीले बताए । शुक्रबार साँझ सुत्केरी व्यथाले च्यापेपछि उनलाई आफन्तले अस्पताल ल्याएका थिए ।

अस्पताल पुगेलगत्तै वसन्तीलाई प्रसूति कक्षमा लगेर उपचार गरिरहेका थिए । उनको शनिबार बिहान दोस्रो सन्तानका रुपमा मृत शिशु जन्माएकी थिइन् । सुत्केरीको शरीरबाट अत्यधिक मात्रामा रगत बगिसकेको उपचारमा संलग्न डा. दुर्गाराज महर्जनले बताए ।

गत साउन २६ गते अस्पतालमा डाक्टरले सुत्केरीको अवस्थाबारे बुझेपछि उनलाई भदौ २ गते सुत्केरी गराउनका लागि ल्याउनुपर्ने सल्लाह दिए पनि भदौ ६ गतेमात्र अस्पताल पु¥याएका थिए । आफन्तले भने डाक्टरको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: