‘टीकापुर घटना’को चार वर्षपछि टीकापुरमै थरुहट/थारुवान सम्मेलन « Nagarik Khabar

‘टीकापुर घटना’को चार वर्षपछि टीकापुरमै थरुहट/थारुवान सम्मेलन



टीकापुर । ‘टीकापुर घटना’ भएको चार वर्षपछि थरुहट/थारुवान संयुक्त संघर्ष समितिले टीकापुरमै राष्ट्रिय सम्मेलन गरेको छ । टीकापुरस्थित सिटी हलमा शनिबारदेखि सुरु भएको सम्मेलनका लागि टीकापुर र आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सम्मेलन सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रहरी उपरीक्षकको नेतृत्वमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । यसँगै कैलालीका प्रमुख जिल्ला अधिकारी पनि टीकापुरमै रहेका छन् ।

टिकापुरमा २०७२ साल भदौ ७ गते नेपाल प्रहरीका एसएसपी र एकजना नाबालकसहित आठ जनाको ज्यान जाने गरी घटना भएको थियो । यही घटनानलाई ‘टिकापुर घटना’को रुपमा चिनिन्छ ।

२५ जिल्लाबाट करिव ८ हजार सहभागी उपस्थित सम्मेलनमा पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, पत्रकार किशोर नेपाल, विश्लेषक खगेन्द्र संग्रौला, नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव डा. ओम गुरुङ, नेपालका आदिवासीहरूको मानव अधिकार सम्बन्धी. वकिल समूह (लाहुर्निप)का सचिव शंकर लिम्बुलगायतको सहभागिता रहेको छ ।

राष्ट्रिय सम्मेलनका लागि नेतृत्व गरिरहेका थारु नेता लक्ष्मण थारुले बिग्रेको सद्भावलाई पुरानै अवस्थामा पु¥याउन सम्मेलनको टिकापुरमै आयोजना गरेको बताए । सम्मेलन तीन दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: