सुनकोशी गाउँपालिकाका वडा सचिवविरुद्ध बलात्कारको उजुरी « Nagarik Khabar

सुनकोशी गाउँपालिकाका वडा सचिवविरुद्ध बलात्कारको उजुरी



ओखलढुंगा । सुनकोशी गाउँपालिका वडा नम्बर ७ का सचिव चेतबहादुर कटुवालविरुद्ध प्रहरीमा बलात्कारको उजुरी दर्ता भएको छ ।

४५ वर्षीय कटुवाल सोही गाउँपालिकाको च्यानमका बासिन्दा हुन् । स्थानीय २३ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोप छ ।

युवतीले दिएको उजुरीका आधारमा वडा सचिव कटुवालविरुद्ध उजुरी दर्ता गरेर भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए । आरोपित कटुवाल फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: