दक्षिणकाली मन्दिरमा दर्शनार्थीको भीड(फोटोफिचर) « Nagarik Khabar

दक्षिणकाली मन्दिरमा दर्शनार्थीको भीड(फोटोफिचर)



काठमाडौं । हिन्दुधर्मावलम्वीको आस्थाको केन्द्र दक्षिणकाली मन्दिरमा दर्शनार्थीहरुको चाप बढेको छ । मनोकाक्षा पुरा गर्ने विश्वासका साथ सर्वसाधरण उक्त ‘दक्षिणकाली मन्दिर’ जाने गरेका छन् ।

भदौ महिनाको पहिलो शनिबार पनि दर्शनार्थीहरुको भीड थियो । दक्षिणकाली मन्दिर व्यवस्थापन समितिका अनुसार शनिबार हजारौले दक्षिणकाली मन्दिरको दर्शन गरेका छन् ।

दक्षिणकालीको उत्पत्ती र महिमा

काठमाडौंबाट दक्षिण भेगमा करीब १७ किमि पर रहेको कालीदेवीको मन्दिर नै दक्षिणकाली मन्दिर हो । यो मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको हो ।

यो ऐतिहासिक महत्वले भरिपूर्ण मन्दिर हो । चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा छ । यो मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन् । उक्त स्थानमा दक्षिणकाली माईको अष्टमातृका विहार गर्न स्थान बनाइएको हो । उनलाई दक्षिकाली माईको आमा हुन् भनी पूजा आरधना गरिन्छ । पहिला निर्माण गरिएको तीनन नेत्र भएको सुन्दरकाली राजाको राजकुल दरवार सुन्दरचोकमा षडाम्नाय, दशानाय, षोडशाम्नाय मुर्तिमा चौषठी योगिनी देवता भएको स्थानमा स्थापना गरी गरिएको हो ।

त्यसपछि नेपालका राजा गीवार्णयुद्ध विक्रम शाहबाट दक्षिणकाली माईको नित्य पूजा तथा महापूजाको लागि फर्पिmङ इलाकका भित्र परेको जग्गा ५ सय ४ मुरी खेत राजगुठीमा राखी त्यहाँको आयस्ताबाट उनको पूजाआजा चलाउन भनी १८५६ को ताम्रपत्रमा उल्लेख छ । मन्दिरमा देवीकै मुखमा नरिवल फुटाइने गरेकाले देवीका मुखाकृतिमा केही चोटहरु देखिन्छ । महापूजा वर्षको दुई पटक गरिन्छ । वैशाख कृष्ण त्रयोदशी र भादै कृष्ण अष्टमीका दिनमा पूजा गर्ने चलन छ ।

शाह वंशीय राजा त्रिभुवन वीर विक्रम शाहले २००७ सालमा ईश्वरी मार्ग नामाकरण गरी काठमाडौंदेखि फर्पिङसम्म मोटर सडकको स्थापना गरिएको थियो । महेन्द्रको पालामा दर्शनार्थीलाई सहज होस भन्नका लागि माथिदेखि मन्दिरसम्म कोलो ढुंगाको सिडी छाप्ने काम गरीएको पाइन्छ ।
राजा वीरेन्द्रको पालामा दक्षिणकाली माईको प्रांगणमा मार्वल छाप्ने काम भएको थियो । यहाँ केवल एक मन्दिरमात्र नभई वनभोजका लागि अत्यन्त रमणीय र मनोरञ्जनात्मक दृष्टिले भरिएको स्थल पनि छन् ।

दक्षिणकालाी मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिकोटले धनी छ । एक किंवदन्तीअनुसार नेपालका तान्त्रिकहरूले आफ्नो तन्त्र मन्त्रद्वारा देवीलाई भारतबाट ल्याई यहाँ मूर्तिका रूपमा स्थापना गरेको हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: