सूर्यदर्शन सहकारीको एक करोड ३५ लाख मुनाफा, भदौ अन्तिमबाट आफ्नै भवनबाट सेवा « Nagarik Khabar

सूर्यदर्शन सहकारीको एक करोड ३५ लाख मुनाफा, भदौ अन्तिमबाट आफ्नै भवनबाट सेवा



पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक करोड ३५ लाख ७८ हजार रुपैयाँ मुनाफा कमाएको छ ।

सो सहकारीको १२औं वार्षिक साधारणसभाको अवसरमा प्रस्तुत प्रगति प्रतिवेदनमा सो जानकारी दिइएको हो ।

सो सहकारीका अध्यक्ष भूपेन्द्र राईका अनुसार, आर्थिक वर्ष २०७५/७६ मा व्याज आम्दानी, जोखिम व्यवस्थापन फिता र विविध आम्दानीबाट १० करोड ९१ लाख ९० हजार ११८ रुपैयाँ आम्दानी गरेको छ ।

त्यसैगरी निक्षेपकर्तालाई दिइने व्याज, कर्मचारी खर्च, प्रशासनिक खर्च र सम्भावित नोक्सानी व्यवस्थापन खर्च गरी नौ करोड ५६ लाख ११ हजार १८३ रुपैयाँ कूल खर्च भएको छ ।

सो सहकारीले गत आर्थिक वर्षमा ७१ करोड ५४ लाख ८० हजार ७९१ निक्षेप संकलन गरेको थियो भने ७१ करोड ८९ लाख ६७ हजार ८५० रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

हालसम्म सो सहकारीको शेयर पूँजी पाँच करोड, ५५ लाख ५७ हजरा १३ रुपैयाँको शेयर पूँजी रहेको जानकारी दिइएको छ ।

भदौबाट आफ्नै भवन
सो सहकारीले भदौ मसान्तबाट आफ्नै भवनबाट ग्राहकलाई सेवा प्रदान गर्ने भएको छ । गत चैत मसान्तसम्ममा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो । तर, प्राविधिक कारणले भवन निर्माण सम्पन्न नभएपछि भदौ अन्तिमबाट आफ्नै नयाँ भवनबाट सेवा प्रवाह गर्न लागेको जानकारी अध्यक्ष राईले दिए ।

सो सहकारीले आर्थिक वर्ष २०७६/७७ को अन्तसम्ममा आठ करोड ५० लाख रुपैयाँको शेयर पुर्याउने लक्ष्य राखेको छ ।

त्यसैगरी, ८५ करोड निक्षेप पुर्याउने लक्ष्य राखेको छ । कर्जा तथा सापटीतर्फ ८२ करोड पर्याउनृे लक्ष्य राखेको छ ।

त्यसैगरी, ११ करोड ५० लाख आम्दानी गर्ने योजना छ । नौ करोड ७५ लाख रुपैयाँ खर्च गर्ने र एक करोड ७५ लाख रुपैयाँ मुनाफा आर्जन गर्ने लक्ष्य राखेको अध्यक्ष राईले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

 

शनिवार पोखरामा भएको १२औं साधारणसभाको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: