जिया खानको हत्या हो कि आत्महत्या ? « Nagarik Khabar

जिया खानको हत्या हो कि आत्महत्या ?



एजेन्सी । बलिउड अभिनेत्री जिया खानको मृत्यु भएको सात वर्ष भइसकेको छ । जियाले सन् २०१३ मा पंखामा झुन्डिएर आत्महत्या गरेकी थिइन् । उनको हत्या भएको हो कि, आत्महत्या हो भन्ने रहस्य अहिलेसम्म पनि खुल्न सकेको छैन ।

जियाको मृत्युको विषयलाई लिएर फिल्म बन्ने भएको छ । जियाको जीवनीमा आधारित डकुमेन्ट्र निर्माण गरिन लागेको हो ।

जिया सन् १९८८ फेब्रुअरीमा न्यूयोर्कमा जन्मिएकी थिइन् । निःशब्द फिल्मबाट उनले बलिउडमा पाइला चालेकी थिइन् । निःश्ब्दमा अमिताभ बच्चनको मुख्य भूमिका छ । फिल्म खासै नचलेपनि जियालाई धेरैले मन पराए ।

त्यसपति जियाले आमिर खान मुख्य भूमिकामा रहेको फिल्म गजनीमा काम गरिन् । यस फिल्मबाट उनी निकै चर्चामा आइन् । उनले पछि हाउसफुलमा पनि अभिनय गरिन् ।

यसैबीच उनी सुरज पञ्चोलीसँग प्रेमसम्बन्धमा रहिन् । तर केही समयपछि यो जोडीको ब्रेकअपको खबर सार्वजनिक भयो ।

त्यसपछि उनले आत्महत्या गरेकी हुन् । जियाले आत्महत्या गरेपछि सुरज पञ्चोलीलाई प्रहरीले पक्राउ गर्यो ।

सुरजले दिएको बयानका अनुसार, त्यस समयमा जियाले फिल्म पाएकी थिइनन्, उनको पछिल्लो प्रेमीले साथ छोडिदिएका थिए, त्यसपछि उनी निराश थिइन्, उनले पहिले पनि दुई पटक आत्महत्याको प्रयास गरेकी थिइन् ।

तर जियाकी आमाले जियाको सुसाइड नोटमा सुरजको नाम लेखिएको बताइन्, उक्त सुसाइट नोटमा लेखिएको थियो, ‘तिमीसँग माया गरे बदलामा तिमीले पीडा दियौ । र मसँग हिंस्रक भयौँ । मैले सबैकुरा सहिरहेँ र तिमीलाई माया गरिरहेँ । म गर्भवती छु । तिमी केटी र पार्टीमा मस्त छौँ । तिमीले मलाई धोका दियौँ । तिमीले जब यो पत्र पढ्दै हुनेछौ म धेरै टाढा गइसकेकी हुनेछु ।’

मृत्युसँग जोडिएका विविध रहस्यमा आधारित उक्त डकुमेन्ट्री ब्रिटिश टेलिभिजन कम्पनीले निर्माण गर्न लागेको हो । डकुमेन्ट्री तीन भागमा निर्माण हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: