जम्मु–काश्मीर प्रकरण : नेपालको समर्थन खोज्दै भारत र पाकिस्तान « Nagarik Khabar

जम्मु–काश्मीर प्रकरण : नेपालको समर्थन खोज्दै भारत र पाकिस्तान



काठमाडौं । जम्मु काश्मीरको पछिल्लो घटनाक्रमको विषयमा भारत र पाकिस्तानले नेपालको स्पष्ट धारणा माग गरेका छन् ।

५ अगस्टमा भारतले जम्मु काश्मीरलाई प्राप्त विशेष राज्यको मान्यता खोस्ने निर्णय गरेपछि दुई देशबीच तनावको अवस्था रहँदै आएको छ ।

भारत र पाकिस्तानले सार्क राष्ट्रको अध्यक्षको हैसियले जम्मु काश्मीरको विषयमा आफूअनुकूल बोल्न दबाब दिइरहेका छन् ।

तर, नेपालले भने सो विषयमा नजिकबाट नियालिरहेको प्रतिक्रिया मात्रै दिएको छ ।

आजको राजधानी दैनिकमा निराजन पौडेलले यो समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: