उपत्यकामा डेंगुको खतरा « Nagarik Khabar

उपत्यकामा डेंगुको खतरा



काठमाडौं । तराईका जिल्लामात्र होइन काठमाडौं उपत्यकामासमेत डेंगु संक्रमण प्रकोपको रूपमा देखा पर्ने खतरा बढेको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपत्यकामा मात्र ५९ जना व्यक्तिमा डेंगु संक्रमित बिरामी भेटिएको पुष्टि गरेपछि थप खतरा बढेको हो ।

महाशाखाका प्रमुख डा. विवेककुमार लालले विगतमा पनि काठमाडौंमा डेंगु संक्रमित बिरामी भेटिएको तर यो वर्ष संख्या निक्कै बढेको बताए ।

महाशाखा प्रमुख लालले सरकारी र निजी गरी विभिन्न १० वटा अस्पतालमा डेंगु संक्रमित बिरामी रहेको बताए । उनका अनुसार रोग नियन्त्रण महाशाखामा मात्र ५९ जना संक्रमित बिरामी छन् ।

महाशाखाका जनस्वास्थ्य अधिकृत उत्तम प्याकुरेलले बानेश्वर, ताहचल, बालाजु, त्रिपुरेश्वर, टेकूलगायतका क्षेत्रमा बस्ने व्यक्तिलाई डेङ्गुको संक्रमण भएको जानकारी दिए ।

आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले यो समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: