राप्रपा एकता टर्‍यो « Nagarik Khabar

राप्रपा एकता टर्‍यो



काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी संयुक्त अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पाटी (संयुक्त)बीचको एकता पर धकेलिएको छ ।

राप्रपा उच्च स्रोतका अनुसार एकतापछिको दलमा अध्यक्ष कति जना रहने भन्नेमा कुरा नमिल्दा तत्कालका लागि एकीकरणको सम्भावना टरेको हो ।

स्रोतका अनुसार राप्रपाले एकतापछिको दलमा दुई अध्यक्षको प्रस्ताव गरेको छ भने राप्रपा संयुक्तले तीन अध्यक्ष रहने गरी प्रस्ताव गरेको छ ।

आजको रजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: