भरतपुर अस्पताल : लालपुर्जा छ, जग्गा छैन « Nagarik Khabar

भरतपुर अस्पताल : लालपुर्जा छ, जग्गा छैन



काठमाडौं । चौकुना मिलेको जग्गा । चारैतिरबाट बाटोले छोएको । पूर्वपश्चिम राजमार्ग र नारायणगढ मुग्लिन सडक खण्डलाई जोड्ने बाइपास रोडसँगै जोडिएको ३० बिघा ११ कट्ठा ६ धुर जग्गाको मालिक हो भरतपुर अस्पताल ।

आजभन्दा ६४ वर्षअघि चितवनको वन फाँडेर बस्ती विस्तार गर्दा नै भरतपुर अस्पतालका लागि यो जग्गा छुट्याइएको थियो । तर अहिले अस्पताल ११ बिघामा खुम्चिएको छ ।

अस्पतालले आफ्नो स्वामित्वमा रहेको मध्ये ३६.५ प्रतिशत जमिनमात्रै भोगचलन गर्दै आएको छ । बाँकी जग्गा निजी तथा सरकारी निकायले उपभोग गर्दै आएका छन् ।

यसले गर्दा अस्पतालका लागि आवश्यक पूर्वाधार बनाउने ठाउँ छैन ।

आजको नागरिक दैनिकमा सविता श्रेष्ठले यो समाचार लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: