रोमान्सका बादशाह शाहरुखले खुलाए रेल्वे स्टेसनसँग रोमान्सको सम्बन्ध « Nagarik Khabar

रोमान्सका बादशाह शाहरुखले खुलाए रेल्वे स्टेसनसँग रोमान्सको सम्बन्ध



एजेन्सी । बलिउड नायक शाहरुख खान चर्चामा आइरहन्छन् । उसै पनि बलिउडका रुपरस्टार शाहरुख चर्चामा नआउने त कुरै भएनन् ।

बलिउडमा रोमान्सको कुरा आउने वित्तिकै धेरैको मुखमा आउने नाम हो शाहरुख खान । स्वयं शाहरुख पनि आफूलाई रोमान्सको बादशाह भन्दा खुसी नै हुन्छन् ।

खासमा शाहरुखले यसपटक आफ्नो रोमान्सका बारेमा बताएका छन् । उनी बान्द्रा रेल्वे स्टेसनको एक कार्यक्रमका लागि पुगेका थिए । त्यसक्रममा उनले रेल्वे स्ेटसनसँग जोडिएका आफ्ना रोमान्स किस्सा बताए ।

उनले आफूले रेल्वे स्टेसनमा धेरै जना युवतिसँग प्रेम गरेको प्रतिक्रिया दिए । तर, उनले उक्त बान्द्र रेल्वे स्टेसनमा भने आफू नआएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: