मिस टिनको उपाधी जित्ने प्रतिभा राई काे हुन् ? « Nagarik Khabar

मिस टिनको उपाधी जित्ने प्रतिभा राई काे हुन् ?



सोलुखुम्बु । थुलुङ दूधकोशी गाउँपालिका–७ देसाकी प्रतिभा (रानी) राईले मिस टिन, २०१९ कोे उपाधि जितेकी छिन् ।

काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार आयोजना गरिएको प्रतिस्पर्धामा अन्य ६ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतिभाले उपाधि जितेकी हुन् ।

प्रतियोगिताबाट राईले उपाधि जित्दै ताज पहिरिन सफल भएको उनका बुबा रामसंघर्ष किरातीले जानकारी दिए । फाइनल चरणमा रहेका सातमध्ये मोष्ट भ्यूज र मिस ट्यालेन्टको समेत उपाधि प्रतिभाले पाएको आयोजकले जनाएको छ ।

सल्लेरीको एक निजी विद्यालयमा एसइई उत्तीर्ण गरेकी प्रतिभा काठमाडौंको ग्रामर कलेज कोटेश्वरमा विज्ञान संकायमा कक्षा १२ मा अध्ययनरत छिन् ।

राईले उपाधि जितेसँगै सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद दिएकी छिन् । रिबन इन्टरटेनमेन्टद्वारा आयोजित उक्त प्रतियोगितामा सोलुखुम्बुलाई प्रतिनिधित्व गर्दै सहभागिता जनाएको बताउने राईले आफ्नो रुचि मात्र नभई गाउँठाउँको समेत पहिचान जोगाउन लाग्ने प्रतिक्रिया दिएकी छिन् ।

प्रतिभाका बुबा रामसंघर्ष किराती थुलुङ दूधकोशी गाउँपालिका वडा नं ७ का वडाध्यक्ष हुन् । आमा दुर्गालक्ष्मी राई शिक्षक हुन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: