बाघको आक्रमणमा परी एक वृद्धको मृत्यु « Nagarik Khabar

बाघको आक्रमणमा परी एक वृद्धको मृत्यु



राजापुर । बर्दियाको ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ ।

आइतबार बिहान ७:३० बजे ठाकुरबाबा नगरपालिकाका–१ भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारूको बाघको आक्रमणमा परी मृत्यु भएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघले घर नजिकै रहेको बङ्गुरलाई दाना हाल्दै गरेका थारुलाई बाघले आक्रमण गरेको थियो ।

बङ्गुरलाई दाना हाल्दै गर्दा थारूलाई एक्कासी पाटेबाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए ।

थारुको घटनास्थलमै मृत्यु भएको थियो । बर्दियामा केही दिनयता बाघ बढेसँगै वन तथा निकुञ्जबाट बाहिर निस्केर आक्रमण गर्ने क्रम बढेको स्थानीय बासिन्दाको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: