बलात्कार आरोपीलाई ११ चप्पल हिर्काउने र ५ लाख जरिवानाको सजाय « Nagarik Khabar

बलात्कार आरोपीलाई ११ चप्पल हिर्काउने र ५ लाख जरिवानाको सजाय



एजेन्सी । भारतस्थित राघोपुरमा एकजना ११ वर्षीया बालिकामाथि बलात्कार भयो । त्यसरी बालिकामाथि अत्याचार गर्ने थिए, रसुखदार गणेश स्वर्णकार ।

आफूमाथि अत्याचार भएपछि पीडित बालिका प्रहरी चौकी पुगिन् । तर, प्रहरीले गाउँकै पञ्चद्वारा निर्णय गराउनु भन्दै पीडितलाई फर्काइदियो । त्यसपछि त्यहाँस्थित एक विद्यालय परिसारमा सो सम्बन्धी निर्णयका लागि पञ्च भेला भयो ।

उक्त भेलामा सहभागीहरुले तीन घण्टासम्म आरोपीको प्रतिक्षा गरे । तर त्यति गर्दा पनि आरोपी नआएपछि पञ्चले आरोपीलाई पाँच लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरे । साथै पीडितले पीडकलाई ११ चप्पल हिर्काउने सजाय सुनाए ।

तर, आरोपीले पञ्चको यो निर्णय अस्वीकार गरे । त्यसपछि पीडित पक्ष पुनः प्रहरीको गयो र घटना दर्ता गरायो ।

पीडित बालिकाका अनुसार उनीमाथि त्यस्तो हुँदैगर्दा मुख थुनिएको हात खुकुलो भएको मौकामा उनी चिच्याइन् । त्यसलगत्तै मानिसहरु आउन थालेपछि पीडत भागेका थिए ।

घटनापश्चात बालिका घर गइन् र आमालाई घटनाको सम्बन्धमा जानकारी गराइन् । बालिकामाथि अत्याचार भएपछि आक्रोशित स्थानीयको भीड स्वर्णकारको घर पुग्यो । गाउँका मान्छेको अगाडि स्वर्णकारले आरोप स्वीकार गर्दै आफुबाट गल्ती भएको र सजाय भोग्न तयार रहेको बताएका थिए ।

स्वर्णकार ५५ वर्षीय हुन् । घटनाका सम्बन्धमा अहिले त्यहाँको प्रहरीले कारबाही प्रकृया अघि बढाएको छ ।

यो समाचार दैनिक भास्करले प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: