जिप्रका चितवनको पत्रकार सम्मेलन: हाम्रो तर्फबाट अनुसन्धान सकियो « Nagarik Khabar

जिप्रका चितवनको पत्रकार सम्मेलन: हाम्रो तर्फबाट अनुसन्धान सकियो



काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा बुझाएको छ । प्रहरीले अनुसन्धानसहितको राय प्रतिवेदन मिसिल सरकारी वकिलको कार्यालयमा बुझाएको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

प्रहरीले आत्महत्या र आत्महत्याका लागि दुरुत्साहन गरेको भन्ने विषयमा विभिन्न पक्षबाट प्रमाणसहित मिसिल सरकारी वकिलको कार्यालयमा बुझाएको हो । प्रहरीले मिसिल बुझाएपछि सरकारी वकिलको कार्यालयले अभियोग पत्र अदालतमा पेश गर्नेछ ।

आज पत्रकार सम्मेलन गर्दै सिआइबीका प्रहरी उपरीक्षक दीपक रेग्मीले आत्महत्या दुरुत्साहन अभियोग अन्तरगत रहेर नै अनुसन्धान पुरा गरेको जानकारी गर्दै सोही अनुरुप अदालतमा पेश गर्न लागिएको जानकारी दिए । उनले अनुसन्धानका सबै विवरण सरकारी वकिल कार्यालयमा पठाइ सकिएको र आजै अभियोग पत्र दायर गर्न लागिएको जानकारी दिए ।

आजैदेखि थुनछेक बहस हुने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

जाहेरीवालाको तर्फबाट पाँच जना अधिवक्ताले बसह गर्ने तयारी छ । प्रतिवादीका तर्फबाट शुसिल पन्त, सुनिल पोखरेल र चुडामणी सापकोटाले बहस गर्ने तयारी  छ ।

पत्रकार पुडासैनीको नारायणगढको एक होटलमा साउन २० गते झुण्डिएको अवस्थामा शव फेला परेको थियो । उनको मोबाइलमा भेट्टिएको भिडियोमा सञ्चारकर्मी रवि लामिछाने, पत्रकार युवराज कंडेल र नर्स रुकु भन्ने अस्मीता कार्कीका कारण आफूले आत्महत्या गरेको उल्लेख छ ।

त्यहीँ भिडियोको आधारमा प्रहरीले तीनजनालाई पक्राउ गरेको थियो । लगत्तै परिवारको तर्फबाट पुडासैनीकी श्रीमती सम्झनाले तीनजनाका कारण आफ्नो श्रीमानले आत्महत्या गरेको भन्दै कारबाहीका लागि किटानी जाहेरी दिएकी थिइन् ।

यो पनि पढ्नुहोस्

रवि लामिछानेसहित तीन जना विरुद्ध आत्महत्याको दुरुत्साहन मुद्दा दर्ता

रवि लामिछानेसहित तीन जनालाई जिल्ला अदालत लगियो

 

 
प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: