मगर विद्यार्थी संघ बाग्लुङको अध्यक्षमा सागर « Nagarik Khabar

मगर विद्यार्थी संघ बाग्लुङको अध्यक्षमा सागर



बाग्लुङ । नेपाल मगर विद्यार्थी संघ बाग्लुङको अध्यक्षमा सागर नाइसा मगर चयन भएका छन् । शनिबार राति सम्पन्न संघको १०औं अधिवेशनले मगरको नेतृत्वमा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा पर्वत श्रीसमगर, सचिवमा डम्मर बुढामगर, सह–सचिवमा मीना थापामगर र कोषाध्यक्षमा बालकुमारी अर्गेजामगर चयन भएका छन् ।

संघको सदस्यमा बलबहादुर रोका, गोविन्दबहादुर थापा, धनु थापामगर, सन्तोष रेश्मीमगर, इन्द्र घर्तीमगर, भ्रमण श्रीसमगर, निशान थापामगर, मुना घर्तीमगर, रुपा पुर्जामगर, रुपा रानामगर, विष्णु थापामगर र मोहन थापामगर रहेका छन् ।

नेपाल मगर विद्यार्थी संघ बागलुङ विसं २०६३ मा गठन भएको थियो । त्यसपछिका चार कार्यकाल प्रत्येक वर्ष अधिवेशन भएको थियो भने विसं २०६९ देखि प्रत्येक कार्यकाल बढाएर दुई वर्ष बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: