ढुङ्गाले लागेर अपर तामाकाेशी हाइड्रेपावरका एक मजदुरको मृत्यु, तीन घाइते « Nagarik Khabar

ढुङ्गाले लागेर अपर तामाकाेशी हाइड्रेपावरका एक मजदुरको मृत्यु, तीन घाइते



सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ मा माथिबाट खसेको ढुङ्गाले लाग्दा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बर्दिया बढैयाताल गाउँपालिका–१ का ३२ वर्षीय अनिल सुनुवारको रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले जानकारी दिए । मृत्यु हुने र घाइते हुनेमा अपर तामाकोशी हाइड्रोपावरका कामदारको रहेको प्रहरीले जनाएको छ ।

अपर तामाकोशी हाइड्रोपावरको इन्टेक नजिकैको टहराभन्दा माथिबाट ढुङ्गा खसेको हो । घाइते तीन जनालाई उपचारको लागि काभ्रेको धुलिखेल अस्पताल पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: