सांसदको टिप्पणी- ‘नेकपाका शीर्ष नेताको तिक्ततापूर्ण संवादले दलहरुको शीर निहुरियो’ « Nagarik Khabar

सांसदको टिप्पणी- ‘नेकपाका शीर्ष नेताको तिक्ततापूर्ण संवादले दलहरुको शीर निहुरियो’



काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुको संवाद र तिक्तताले सबै राजनीतिक दलहरुको शीर निहुरिएको टिप्पणी गरेका छन् ।

राष्ट्रियसभाको आइतबारको बैठकमा कांग्रेसका सांसद रमेशजंग रायमाझीले मुलुकमा लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सबै दलहरु मिलेर काम गर्नुपर्ने बेला नेकपाका दुई शीर्ष नेतबीच भएको संवाद र तिक्तताले सबै राजनैतिक दलका कार्यकर्ताको शीर निहुरिएको बताएका छन् ।

सांसद रायमाझीले यस किसिमको व्यवहार र संवाद शैलीले राजनैतिक संस्कृति नै बदनाम हुने भन्दै चिन्तासमेत व्यक्त गरे । देशको आवश्यकता समान उद्देश्य भएका दलहरुको कार्यगत एकता हुनुपर्ने त्यो नभए मुद्दा केन्द्रित एकता हुनुपर्ने समयमा दलभित्रको किचलोले संमृृद्धितर्फ बढ्न बाधा पुग्ने दाबी गरे ।

नेकपाका सांसद बलराम बास्कोटाले भने पारस शाहले अन्तर्राष्ट्रिय विमानस्थालामा प्रहरीमाथि गरेको दुर्व्यहारमा किन कारबाही नगरेको भन्दै सरकारसँग रोष प्रकट गरे । उनले प्रश्न गरे, ‘देशमा अवाञ्छित गतिविधिहरु बढ्ने, विभिन्न वहानामा कानुन हातमा लिने र सरकार र संविधानको बर्खिलाप हुने गरी गतिविधि बढ्दा सरकार के गरेर बसेको छ ?’

रवि लामिछाने

प्रकरणमा विभिन्न सामाजिक सञ्जालमा अवाञ्छित गतिविधि हुँदा प्रशासनलाई कानुन कार्यान्वयन गर्न के कारणले रोक्यो भनेर आक्रोश पनि ब्यक्त गरे । काठमाडौं चितवनलगायतका क्षेत्रमा बढेको अवाञ्छित गतिबिधि रोक्न सरकारले गरिरहेको कामबारे सदनमा जानकारी गराउन माग पनि गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: