के रवि लामिछाने अस्मिताकै बयानले समस्यामा पर्लान् ? « Nagarik Khabar

के रवि लामिछाने अस्मिताकै बयानले समस्यामा पर्लान् ?



चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनाविरुद्ध चितवन जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले आत्महत्याको दुरुत्साहन आरोपमा लामिछानेसहित तीन जना‍विरुद्ध चितवन जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो । मुलुकी अपराध संहिताअनुसार तीन जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले अनुसन्धान पूरा गरेपछि आइतबार चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन अभियोगअन्तर्गत अभियोगपत्र दायर गरिएको हो । सिआइबीका प्रहरी उपरीक्षक दीपक रेग्मीले आत्महत्या दुरुत्साहन अभियोगअन्तर्गत रहेर नै अनुसन्धान पूरा गरेको जानकारी दिए ।

लामिछानेविरुद्ध भिडियो प्रमाण मात्र नभएर अन्य प्रमाण पनि जुटेको अनुसन्धानमा संलग्न अधिकृतहरुले बताएका छन् । अर्कोतर्फ पक्राउ परेका तीन जनाबीचको मत पनि बाझिएको छ । ती अधिकारीकाअनुसार अस्मिताले बयानका क्रममा रवि र युवराजका कारण पुडासैनीले आत्महत्या गरेको बताइन् ।

अस्मिताले आफ्नो कारणले नभएर रवि र युवराजका कारणले गर्दा आत्महत्या गरेको बताएकी स्रोतको दावी छ । बयानका क्रममा रविले पनि आफ्नो कारणले घटना नभएको बताएको स्रोतले बताएको छ ।

अस्मितासँग चिनजान नभएको बताएका रविको भनाइ खण्डन गर्ने गरी अस्मिताले पहिल्यैदेखि चिनजान रहेको बताएकी छन् । रविले भने अस्मितालाई चितवन आएपछि मात्र देखेको बताएका छन् ।

अनुसन्धानमा सिआइबीका एसपी दीपक रेग्मीले भिडियोबाहेकका प्रमाण जुटे पनि सार्वजनिक गर्न नमिल्ने बताएका छन् ।

यो पनि पढ्नुहोस्

शालिकराम आत्महत्या प्रकरण : रवि र युवराजको बयान भोलि मात्र

रवि लामिछानेसहित तीन जना विरुद्ध आत्महत्याको दुरुत्साहन मुद्दा दर्ता

पत्रकार पुडासैनीको आत्महत्या प्रकरण : रवि लामिछाने विरुद्ध अभियोगमा केन्द्रित अनुसन्धान सुरु

रवि लामिछानेसहित तीन जनाको बयान सकियो

पत्रकार पुडासैनीले डोरी किनेको पसलको सिसिटिभी फुटेजमा के छ ?

पत्रकार शालिकराम आत्महत्या प्रकरण : खुल्यो रडको रहस्य

रवि लामिछाने विरुद्ध पीडित परिवारको किटानी जाहेरी

चितवनका प्रहरी प्रमुख भन्छन्, ‘रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्छौं’

रवि लामिछाने पक्राउ, अनुसन्धानका लागि चितवन लैजाने तयारी

पत्रकार पुडासैनी आत्महत्या प्रकरण: सम्पादन नगरिएको भिडियोमा के छ ? (भिडियोसहित)

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: