राजश्व चुहावट नियन्त्रणका लागि व्यवसायीहरुको यस्तो सुझाव (भिडियो) « Nagarik Khabar

राजश्व चुहावट नियन्त्रणका लागि व्यवसायीहरुको यस्तो सुझाव (भिडियो)



काठमाडौं । व्यवसायीहरुले राजश्व चुहावट नियन्त्रणका लागि राजश्वसम्बन्धी संघीय ऐन अनुरुपका प्रदेश र स्थानीय तहका ऐन बनाउन सुझाव दिएका छन् ।

प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको आईतबार बसेको बैठकमा राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संसोधन विधेयक २०७५ माथिको छलफलका क्रममा उद्योग व्यवसायीले यस्तो सुझाव दिएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको राजश्व समितिका सभापति अशोक कुमार तोदीले स्थानीय तहले पनि राजश्व संकलनको अधिकार पाएकाले संघीय ऐन अनुसार प्रदेश र स्थानीय तहमा पनि भन्सार ऐन, अन्तशुल्क ऐन, आयकर ऐन र मूल्य अभिवृद्धि ऐनहरु बनाउनुपर्ने सुझाव दिएका हुन् ।

उनले नियन्त्रणमुखी समाज निर्माण भन्दा पनि काम गर्दै जाँदा सहज वातावरण बनाउने तर्फ सरकारले प्राथमिकता दिनुपर्ने धारणा राखे ।

२०५२ साल देखि नै उद्योगहरुले विभिन्न किसिमका मार खेपिरहेको उल्लेख गर्दे राजश्व चुहावट भन्दा पनि राजश्व संकलन किन भएन भन्नेमा सरकारको ध्यान जानुपर्ने उनले बताए ।

समितिले आईतबार राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संसोधन) विधेयक २०७५ माथि छलफल गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: