शालिकराम आत्महत्या प्रकरण : रवि र युवराजको बयान भोलि मात्र « Nagarik Khabar

शालिकराम आत्महत्या प्रकरण : रवि र युवराजको बयान भोलि मात्र



काठमाडौं । पत्रकार शालिकराम पुडाशैनी आत्महत्या दुरुत्साहन कसुरमा मुद्दा चलाइएकामध्ये आइतबार अस्मिता कार्कीको बयान सकिएको छ । रवि लामिछाने र युवराज कँडेलको सोमबार मात्र बयान हुने भएको छ ।

सोमबार बयान सकिएपछि जिल्ला अदालत चितवनका मुख्यन्यायाधीश हेमन्त रावलको इजलासमा थुनछेक बहस हुने भएको छ । सम्भवतः सोमबार थुनछेकको आदेश आउने छ । रवि र युवराजको बयान बाँकी रहेकाले तीनै जनालाई चितवन जिल्ला प्रहरीको हिरासतमा लगिएको छ ।

प्रहरीले अनुसन्धान सकिएलगत्तै चितवन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले आजै जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो । जसमा पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना माग गरिएको छ।

थुनछेकको आदेशले पुर्पक्षका लागि थुनामा राख्ने वा साधारण तारेखमा छाड्ने वा धरौटीमा छाड्ने मध्ये एउटा आदेश गर्ने छ।

यो पनि पढ्नुहोस्

रवि लामिछानेसहित तीन जना विरुद्ध आत्महत्याको दुरुत्साहन मुद्दा दर्ता

के रवि लामिछाने अस्मिताकै बयानले समस्यामा पर्लान् ?

पत्रकार पुडासैनीको आत्महत्या प्रकरण : रवि लामिछाने विरुद्ध अभियोगमा केन्द्रित अनुसन्धान सुरु

रवि लामिछानेसहित तीन जनाको बयान सकियो

पत्रकार पुडासैनीले डोरी किनेको पसलको सिसिटिभी फुटेजमा के छ ?

पत्रकार शालिकराम आत्महत्या प्रकरण : खुल्यो रडको रहस्य

रवि लामिछाने विरुद्ध पीडित परिवारको किटानी जाहेरी

चितवनका प्रहरी प्रमुख भन्छन्, ‘रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्छौं’

रवि लामिछाने पक्राउ, अनुसन्धानका लागि चितवन लैजाने तयारी

पत्रकार पुडासैनी आत्महत्या प्रकरण: सम्पादन नगरिएको भिडियोमा के छ ? (भिडियोसहित)

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: