झुटो विवरण बुझाउनेलाई कर छली गरे बराबर कारवाही (भिडियोसहित) « Nagarik Khabar

झुटो विवरण बुझाउनेलाई कर छली गरे बराबर कारवाही (भिडियोसहित)



काठमाडौं । स्वयं कर घोषणाअन्तर्गत व्यक्तिले गलत विवरण बुझाएमा कर छली सरह नै कारवाही हुने भएको छ ।

संसदीय समितिमा छलफलको क्रममा रहेको राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संसोधन ) विधेयक–२०७५ मा व्यक्तिले झुटा विवरण बुझाएको पाइएमा कर छली कसुरअनुसार नै कारवाही हुने व्यवस्था गरिएको हो ।

प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिको आइतबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले नागरिकलाई राज्यप्रति जवाफदेही र जिम्मेवार बनाउनका लागि स्वयं कर घोषणा गर्न दिइएको तर त्यसमा झुटो विवरण भरेको पाइए कर छली सरह अपराध ठहर भई कारवाही हुने बताए ।

समितिले दण्ड सजायसम्बन्धी विधेयकमा उल्लिखित व्यवस्थामा पनि केही संशोधन गर्ने तयारी गरेको छ । कैदको समय धेरै राख्दा जेल भर्ने अभियान मात्रै हुने र राजस्व असुलीमा सकारात्मकभन्दा नकारात्मक प्रभाव पर्न सक्ने भन्दै ५० लाख रुपैयाँसम्मको अधिकतम अंक तोकेर त्यसभन्दा बढी हुनेलाई बिगो बराबरको जरिवानासहित कैदको व्यवस्था गर्न लागिएको हो ।

बैठकमा समिति सदस्यहरुले विधेयकमा जरिवाना र कैदको समय बढी भयो भन्दै संसोधन गर्नुपर्नेमा सुझाव दिएका थिए । उनीहरुले कसुर वापतको दण्ड सजायको मात्रा ठूलो हुँदैमा राजस्व असुली नहुने तर्क गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: