बजारमा माटोको तरकारी, यस्तो छ विशेषता « Nagarik Khabar

बजारमा माटोको तरकारी, यस्तो छ विशेषता



काठमाडौं । प्रतिष्ठित व्यावसायीक घराना गोल्यान समूहले प्राङगारिक कृषि उपजको उत्पादन तथा विक्रि वितरण शुरु गरेको छ ।

बैंकिङ्ग, जलविद्युत लगायतका आधा दर्जनभन्दा धेरै व्यवसायमा लगानी गरिरहेको समूहले आईतबार पत्रकार सम्मेलन गरी माटो नामक ब्राण्ड सार्वजनिक गरेको हो ।

ब्राण्डबाट देश भित्र उत्पादत विषादीमुक्त कृषिजन्य उत्पादनको विक्रि वितरण गर्ने तथा कृषकहरुको स्तरोन्नति र रोजगारीको वातावरण सृजना गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले हाल झापामा रहेको २ सय बिगाहा जमिनमा बिषादी र रसायन प्रयोग नगरी कृषि उपजहरुको उत्पादन गरिरहेको छ । साथै देशभरिबाट नै विषादीमुक्त उत्पादन संकलन गरिरहेको छ ।

कम्पनीले विभिन्न जिल्लाका कृषि सहकारी तथा अर्गानिक खेती गरिरहेका किसानहरुबाट संकलन गरी विषादीमुक्त कृषिजन्य उत्पादनलाई माटो ब्राण्डको नाममा प्याकेजिङ गरी बजारमा ल्याइएको जानकारी दिएको छ ।

कम्पनीले ब्राण्डमाफत् अधिकतम मौसमी तरकारीको विक्रि वितरण गरिरहेको छ । त्यस्तै फलफूल, चिया, कफी, मसला, चामल, मह लगायतका कृषि उपजहरुको विक्री वितरण चाँडै सुरु गर्ने तयारी गरेको छ । माटो ब्राण्ड हाल काठमाडौंका भाटभटेनी, बिगमार्ट लगायत स्टोरहरुमा उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: