प्रधानमन्त्री ओलीविरुद्ध सामाजिक सञ्जालमा अपशब्द लेख्ने युवक पक्राउ « Nagarik Khabar

प्रधानमन्त्री ओलीविरुद्ध सामाजिक सञ्जालमा अपशब्द लेख्ने युवक पक्राउ



कैलाली । सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपशब्द प्रयोग गरेको आरोपमा लम्कीका एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २६ वर्षीय हृदय उपाध्याय रहेको प्रहरीले जनाएको छ । उनी नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा आवद्ध छन् ।

प्रधानमन्त्रीलाई अपशब्द प्रयोग गरेको भन्दै उपाध्ययलाई अपराध महाशाखा टेकुको निर्देशनमा इलाका प्रहरी कार्यालय लम्कीले आइतबार पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि काठमाडौं पठाइने प्रहरीले जनाएको छ ।

उपाध्यायले उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीलाई लक्षित गरेर सामाजिक सञ्जालमा अपशब्द लेखेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: