यस्तो अवस्थामा देखिए ‘नेपाल आइडल’ बुद्ध लामा (भिडियो) « Nagarik Khabar

यस्तो अवस्थामा देखिए ‘नेपाल आइडल’ बुद्ध लामा (भिडियो)



काठमाडौं । गायक बुद्ध लामाको नयाँ गीत सार्वजनिक हुँदैछ । बुद्धको ‘मेरी आमा’ बोलको गीत सार्वजनिक हुन लागेको हो ।

गीतको टिजर भने युट्युवमार्फत सार्वजनिक भएको छ । बुद्धले आफ्नै युट्युव च्यानल (बुद्ध लामा) मार्फत गीतको टिजर सार्वजनिक गरेका हुन् ।

गीतमा असुसेन लामाको शब्द तथा संगीत रहेको छ । युवराज वाइवाले निर्देशन गरेको गीतको भिडियोमा लुनिभा तुलाधर र बुद्ध लामाको अभिनय देख्न सकिन्छ ।

उत्सव दाहालले खिचेको भिडियो विकास दाहालले सम्पादन गरेका छन् ।

बुद्ध लामा पहिलो नेपाल आइडल हुन् । उनको मेरी आमा बोलको अफिसियल गीत केही दिनमा नेपाल आइडल च्यानलमार्फत सार्वजनिक हुनेछ ।

यस्तो छ गीतको टिजरः

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: