रवि समर्थकले गरे चितवनमा प्रहरीमाथि आक्रमण, डिएसपीसहित सात घाइते « Nagarik Khabar

रवि समर्थकले गरे चितवनमा प्रहरीमाथि आक्रमण, डिएसपीसहित सात घाइते



भरतपुर । चितवनमा टेलिभिजन प्रस्तोता रवि लामिछाने समर्थकको आक्रमणबाट डिएसपीसहित सात प्रहरी घाइते भएका छन् । लामिछाने समर्थकको आक्रमणबाट सात प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ड्युटीमा खटिएका प्रहरीमाथि आन्दोलनकारी एक्कासी ढुंगा प्रहार गरेको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए । घाइते हुनेमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) एकनारायाण कोइरालासहित चारजना प्रहरी रहेका छन् । केही प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ । 

लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएको समूहले बा १६ च ३०४१ नम्बरको गाडीमा तोडफोड गर्नुका साथै सडकमा बालेर प्रदर्शन गरिरहेका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठीचार्जका साथै केही सेल अश्रु ग्यास प्रहार गरेको छ ।  अहिले अवस्था नियन्त्रणमा रहेको एसपी मल्लले बताएका छन् । 

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई प्रहरीले गत साउन ३० गते काठमाडौंबाट नियन्त्रणमा लिएको थियो । साउन २० गते पुडासैनी चितवनको नारायणगढ बसपार्कस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनको मोबाइलमा लामिछाने, कँडेल र कार्कीका कारण आत्महत्या गर्न बाध्य भएको बताएका छन् । 

भिडियोमा नाम उल्लेख भएका तीनै जनालाई आज सरकारी वकिल कार्यालय चितवनले आत्महत्या दुरुत्साहन कसुरमा जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको छ ।

 यो पनि पढ्नुहोस्

शालिकराम आत्महत्या प्रकरण : रवि र युवराजको बयान भोलि मात्र

रवि लामिछानेसहित तीन जना विरुद्ध आत्महत्याको दुरुत्साहन मुद्दा दर्ता

के रवि लामिछाने अस्मिताकै बयानले समस्यामा पर्लान् ?

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: